हिजोको क्याबिनेटमा यस्तो पनि भएको रहेछ निर्णय

हिजोको क्याबिनेटमा यस्तो पनि भएको रहेछ निर्णय

सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकले दिने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने भएको छ । हिजो बसेको क्याविनेट बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै,राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कडेलको राजीनामा स्वीकृत गर्ने निर्णय छ । नवीकरणीय उर्जा अनुदान नीति २०७८ स्वीकृत गर्ने, मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को अनुसुची १ हेरफेर गर्ने निर्णय पनि भएको कार्कीले बताउनुभयो ।

“गोकर्णेश्वर नगरपालिका वडा –३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान र चितवन जिल्लाको राप्ती नगरपालिका ६ स्थित अनिता पशुपन्छी कृषि फार्मलाई केन्द्र मानी उल्लेखित स्थान वरिपरिको १०० मीटरसम्मको क्षेत्रमा पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनको अवधिसम्मका लागि बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय सरकारले गरेको छ । “

त्यसैगरी,काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा –३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान र चितवन जिल्लाको राप्ती नगरपालिका ६ स्थित अनिता पशुपन्छी कृषि फार्मलाई केन्द्र मानी उल्लेखित स्थान वरिपरिको १०० मीटरसम्मको क्षेत्रमा पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनको अवधिसम्मका लागि बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय सरकारले गरेको छ ।

नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्न क्याबिनेटले स्वीकृति दिएको छ । श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैध्दान्तिक स्वीकृति प्रदान गर्ने पनि क्याबिनेटको निर्णय छ ।

त्यस्तै, ग्लोबल फन्डको एडस्, क्षयरोग,मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि सन् २०२१ देखि २४ को कार्यक्रम कार्यान्वयनका लागि जनसंख्या मन्त्रालयका सचिवलाई सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय भएको छ । औषधि दर्ता चौथो संशोधन नियमावली-२०७८ लाई स्वीकृत गर्ने, नेपाल मेडिकल काउन्सिल पाचौं संशोधन नियमावली २०७८ लाई स्वीकृत प्रदान गर्ने क्याबिनेटको निर्णय छ ।

टिप्पणीहरू