कोरोनाको संक्रमण र मृत्यु दुवै घट्यो

कोरोनाको संक्रमण र मृत्यु दुवै घट्यो

गत २४ घण्टामा मुलुकभर चार सय ३७ जना कोरोना संक्रमित भेटिएका छन् । नौ हजार ९१ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा दुई हजार चार सय ५४ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ३ प्रतिशत रहेको छ । मुलुकभर अझै १४ हजार चार सय ३५ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ८९ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा ६८ जना छन् । भक्तपुरमा १९ र ललितपुरमा दुई जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या तीन हजार तीन सय ८६ पुगेको छ । भक्तपुरमा पाँच हजार ५० र ललितपुरमा एक हजार आठ सय ४९ जना सक्रिय संक्रमित छन् ।

आज दुई जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ६५ जना युवायुवती छन् भने १४ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका ६ जना छन् र ३६ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू