पीसीआरमा गडबड गर्ने ल्याब इञ्चार्ज भ्रष्टाचारमा डामिए
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इञ्चार्ज बिनोद कुमार यादवविरुद्ध भ्रष्ट्रचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा परेको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
पीसीआर टेष्टको रिपोर्ट फेरबदल गरी यादवले लामो समयदेखि अनुचित लेनदेन गरेको अनुसन्धानबाट खुलेको अख्तियारले बताएको छ । साथै उनले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको छाप आफूखुशी बनाई दुरुपयोग गरेको पनि अभियोग लागाइएको छ ।
यादवले अस्पतालमा भर्ना भएका मानिसहरुको स्वाब संकलन गरी अनाधिकृत रुपमा रकम लिने गरेको पाइएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा सजाय हुनुपर्ने आयोगले मागदाबी गरेको छ ।
टिप्पणीहरू