प्रहरी प्रधान कार्यालयको अन्तिम चेतावनी

प्रहरी प्रधान कार्यालयको अन्तिम चेतावनी

प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ । लामो समयदेखि कार्यालयमा अनुपस्थित १२ जना प्रहरीलाई कार्यालयले हाजिर हुन आउन सात दिने म्याद दिँदै सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको हो ।

केही महिनादेखि उनीहरु सम्बन्धित कार्यालयमा हाजिर नभएको तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएकाले उक्त चेतावनीसहित सात दिनभित्र हाजिर हुन भनिएको हो । कार्यालयमा अनुपस्थित भएका प्रहरी जवानहरूमा राजकुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक हुन् ।

टिप्पणीहरू