यहीबेला नेपालको बिजुली लान को को भारतीय आए ?
काठमाडौंमा आजदेखि ह्यात होटेलमा शुरु नेपाल–भारत ऊर्जा आयोगको बैठकमा भाग लिन ११ जना उताका अधिकारीहरु विभिन्न रुट हुँदै काठमाडौं आएका छन् । उनीहरुमध्ये छ जना हिजो आएका हुन् भने पाँच जना आज उत्रिएका छन् ।
भारतीय अधिकारीहरुमध्ये दुई जना हेलिकप्टर चढेर झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं आएका छन् । चार जना एअर इण्डियाको विमान चढेर,तीन जना नेपाल वायुसेवा निगमको विमान,एक जना भिस्तारा र अर्का एक जना इण्डिगो विमानमार्फत् नयाँ दिल्लीबाट आएका हुन् ।
हेलिकप्टर चढेर नेपाल छिर्नेमा भारतीय ऊर्जा मन्त्रालयका सचिव आलोकुमार र सतलज कम्पनीका सीएमडी नन्दलाल शर्मा हुन् । टोलीका अन्य सदस्यमा ऊर्जा मन्त्रालयका सहसचिव घनश्याम प्रसाद,सोही मन्त्रालयका निर्देशक गौतम घोष, विदेश मन्त्रालयका उपसचिव श्री गोकुल,केन्द्रीय विद्युत प्राधिकरणका बोर्ड सदस्य गौतम राय,सोही बोर्डका निर्देशक बीएस बयरवा,सतलज कम्पनीका निर्देशक सुशील शर्मा, पावर ग्रीडका कार्यकारी निर्देशक वाईके दीक्षित, सीटीयुका कार्यकारी निर्देशक अशोक पाल र सोही संस्थाका डेपुटी मेनेजर अनुपम कुमार हुन् ।
भारतीय पाहुनामध्ये सात जना पर्सि शुक्रबार स्वदेश फर्किंदैछन् । टोली नेता तथा ऊर्जा सचिव आलोक कुमार सबैभन्दा छिटो भोलि दिउँसो साढे ३ बजे एअर इण्डियाको उडानबाट फर्कंदैछन् । उनीसँगै नन्दलाल शर्मा पनि भोलि नै भारत फर्कने कार्यक्रम रहेको बताइन्छ ।
शुक्रबार आठ जना फर्किने कार्यक्रम छ भने सतलजका निर्देशक सुशील शर्मा आगामी आइतबार स्थलमार्गबाट भारत जाँदैछन् ।
टिप्पणीहरू