आयुर्वेद तथा योग शिक्षा तालिम
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमीमा विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धि ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिममा आयुर्वेद तथा आयुर्वेदिय जीवनशैलि, योगको परिचय तथा महत्व, भान्सा तथा घरवरिपरिका औषधी जडिबुटीहरु लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका माध्यमिक विद्यालयमा स्वास्थ्य शारीरिक विषय अध्यापन गराउँने शिक्षकहरु तथा विद्यालय नर्सिङहरु गरी १४ जनाको सहभागिता रहेको थियो ।
तालिममा सहभागि शिक्षकहरुलाई आयुर्वेद तथा जडिबुटी साथै योग सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिई उक्त ज्ञान सिपलाई विद्यालयमा विद्यार्थी सम्म पु¥याउँने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
तालिमको सहजीकरण फाल्गुनन्द गाउँपालिका आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरिक्षक राजु पराजुलीले गरेका थिए । तालिम फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाको आयुर्वेद शाखाले आयोजना गरेको हो ।
तालिम समापनका अवसरमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीर बहादुर कुरुङ्वाङ,प्रमूख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,शिक्षा शाखा प्रमूख बाबुराम राई लयायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरे ।
टिप्पणीहरू