मलमा पो हुँदो रहेछ गज्जबको चहलपहल

मलमा पो हुँदो रहेछ गज्जबको चहलपहल

कम गुणस्तरको डिएपी मल किनेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेड र मल ल्याउन खोजेका दुई वटा कम्पनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १९ गते भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कृषि सामाग्रीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १० जना तथा नेपाल इन्भाइरोमेन्ट एन्ड साइन्टिफिक सर्भिसेस प्राइभेट लिमिटेड र जोशी बीज हाउस प्राइभेट लिमिटेडविरुध्द डेढ अर्बको भ्रष्टाचार मुद्दा हालेको हो ।

कम गुणस्तरको मललाई गुणस्तरयुक्त भनी कम्पनीले आर्थिक अनियमितता गरेको,नेपाल इन्भाइरोमेन्टलले कम गुणस्तरको डिएपी मल किनेको गलत प्रतिवेदन तयार पारेको र जोशी बीज हाउसले कम गुणस्तरको डिएपी मल आपूर्ति गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । क्रममा एक अर्ब ५३ लाख २२ हजार ४ सय छ रुपैयाँ ७२ पैसा सरकारी रकम हानी नोक्सानीको दाबी गरिएको छ ।

तर यता मल आयातको विषय उच्च अदालतमा पनि पुगेको छ । उच्च अदालत पाटनमा गत बुधबार मल आयातसम्बन्धी विवादको फेरि पनि पेशी तोकिएको थियो । डेढ वर्ष अघि नै एकसरो टुङ्गो लागिसकेको उक्त मुद्दाको पेशी पुनः अर्को महिना सरेको छ । उक्त मुद्दा मल आयात गर्ने नेपाली कम्पनीहरुले जमानतवापत राखेको बैंक ज्ञारेन्टी रकम जफत गर्न पाईंदैन भन्दै हालेका हुन् ।

“४० वर्षदेखि हालिमुहाली गर्दै आएको स्वीस सिंगापुरले भाँजो हालिदियो । बल्लतल्ल एक जहाज मल ल्याएका थियौं त्यो पनि भारतको बन्दरगाहमा जहाजलाई रोक्न दिइएन । त्यसमा मात्रै २५ करोड रुपैयाँ डुब्यो ।’

जबकि ती सबै कम्पनीको जमानत रकम कम्पनीले जफत गरिसकेको छ । तैपनि उनीहरुले उक्त मुद्दालाई निरन्तरता दिँदै भोलिका दिनमा पुनः पालुवा पलाउन सक्ने आँकलन गरेको बुझिएको छ । मल ल्याउन नसकेपछि कृषि सामाग्री कम्पनीले ठेक्का तोडिसकेको छ । ग्यारेण्टी रकम सबै कम्पनीले लिइसकेको छ ।

मल ल्याउन पहल गरेका विभिन्न कम्पनीमध्ये एउटाको साझेदारले भने, ‘४० वर्षदेखि विदेशीले मात्र मल आपूर्ति गर्दै आइरहेको प्रवृत्तिलाई हामीले तोड्न खोजेका थियौं । तर सकिएन ।’ पछिल्लो चार दशकमा स्वीस सिंगापुर भन्ने कम्पनीले नेपालमा मल आपूर्ति गर्दै आइरहेको छ । उसले ४० वर्षदेखि मललाई डेढ गुणा महँगोमा उपलब्ध गराउँदै आएको उनको दाबी छ ।

नेपालमा आयात हुने सबैभन्दा ठूलो परिमाणको वस्तु नै मल हो । अघिल्लो आर्थिक वर्ष ७७ अर्ब रुपैयाँको रासायनिक मल आयात भएको थियो । त्यसैले विदेशीको सट्टा नेपालीले नै मल ल्याउने भनेर अघि सर्दा आफूहरु डुबेको उनीहरुको दुःखेसो छ ।

मल आयात गर्न खोज्ने कम्पनीहरुमध्ये एउटाका सहजकर्ताले भने, ‘हामीले मल किन्न खोजेको कम्पनीमा नै ४० वर्षदेखि हालिमुहाली गर्दै आएको स्वीस सिंगापुरले भाँजो हालिदियो । बल्लतल्ल एक जहाज मल ल्याएका थियौं त्यो पनि भारतको बन्दरगाहमा जहाजलाई रोक्न दिइएन । त्यसमा मात्रै २५ करोड रुपैयाँ डुब्यो ।’

त्यसपछि पनि तीन वटा नेपाली कम्पनीले मल ल्याउन पहल गरेको उनको भनाइ छ । ती कम्पनीलाई पनि स्वीस सिंगापुरले त्यसै गरी हैरान पारेको उनी बताउँछन् । ‘आजसम्म छ वटा नेपाली कम्पनीले गरेको मल आयातको पहललाई धुलिसात बनाइयो,’ उनले भने । काम गर्न नसक्नेमा दरिएपछि सबै ब्ल्याक लिस्टमा परियो ।

यहि बीचमा मल आयात काण्डसँग जोडेर अख्तियारमा उजुरी र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि सबै हच्किएका छन् । ‘मल आयातमा अब फेरि विदेशीकै रजगज हुने निश्चित छ,’ उनले भने ।

टिप्पणीहरू