फरार प्रतिवादीहरु चितवनमा समातिए
चितवनमा सवारी ज्यान र लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चितवन जिल्ला अदालतको अघिल्लो वर्ष चैत ११ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना ५ दिन कैद तोकिएका रत्ननगर नगरपालिका ५ बस्ने २८ वर्षका रेवन्त महतोलाई प्रहरीले पक्रेको हो ।
त्यसैगरी लागुऔषध मुद्दामा मिति २०६४ असार १३ गतेको फैसलाले एक वर्ष तीन महिना १३ दिन कैद तथा एक लाख जरिवाना तोकिएका फरार प्रतिवादी रत्ननगर नगरपालिका १६ बस्ने ३६ वर्षका मनोज कुमाललाई समेत पक्राउ गरी हिजो जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।
टिप्पणीहरू