भारत लैजाँदै गरिएको चरेस सीमामा फ्याँकियो

भारत लैजाँदै गरिएको चरेस सीमामा फ्याँकियो

नेपालबाट भारततर्फ लैजाँदै गरिएको चरेस सीमा क्षेत्रमा फालेर दुई जना भारततर्फ भागेका छन् । आज बिहान बारा जिल्लाको पचरौता नगरपालिका ६, जमुनी नदी सीमा इलाकामा सशस्त्र प्रहरी बलको टोलीलाई देख्ने बितिक्कै मोटरसाइकलमा भारततर्फ जाँदै गरेका दुई जनाले १० केजी चरेस फालेका हुन् ।

सशस्त्र प्रहरीको बीओपी बेनौलीबाट सशस्त्र प्रहरी नायव निरीक्षक लिलबहादुर थापाको कमाण्डमा बिहान त्यसतर्फ गएको पाँच जनाको गस्ति टोलीलाई देखेपछि चरेस बोकेकाहरु मोटरसाइकल लिएर भारततर्फ भागेका हुन् । उनीहरुले दुई वटा ग्यालेनमा बोेकेको १० केजी चरेस त्यहिँ छाडेका थिए ।

पछि चरेस बरामद गरेर आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

टिप्पणीहरू