‘भूगोल र गुगलको संयोजन जरुरी छ’

‘भूगोल र गुगलको संयोजन जरुरी छ’

नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य देउमान सम्बाहाम्फेले पार्टीका भूगोल र गुगलमा जोडिएका नेता र कार्यकर्ताहरुको संयोजन जरुरी भएको बताएका छन् । पार्टीको पाँचथर-काठमाण्डौं सम्पर्क मञ्चको बैठकलाई सम्बोधन गर्ने क्रममा सम्बाहाम्फेले पार्टीप्रति जनविश्वास बढ्दो क्रममा रहेको भन्दै गरिएका कामहरुको उचित ढंगको प्रचार प्रसारको अभाव भएको उल्लेख गरेका छन् ।

उनले भूगोलमा काम गर्ने कार्यकर्ता आमसञ्चार क्षेत्रसँग जोडिनुपर्नेमा जोड दिएका छन् । ‘अरु र हामीमा विधि,पध्दति,विचार,व्यवहार,निष्ठा, आदर्श,सिध्दान्तबीच तादात्म्यता हुनु जरुरी भएको,’ भन्दै प्रदेश नम्बर १ को सहइञ्चार्ज समेत रहेका नेता सम्बाहाम्फेले, ‘आगामी चुनावमा प्रचार प्रसारसहित पार्टीका जनसंगठनहरु निर्माणमा लाग्न,’ सुझाए ।

कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका सदस्य भक्तिमान सम्बाहाम्फेले आफूहरु ओलीतन्त्रको दास र नजरबन्दबाट मुक्त भएर कम्युनिष्ट आन्दोलनको उत्तराधिकारीको रुपमा स्थापित भएको बताए । उनले देशमा ६५ प्रतिशतभन्दा बढी रहेको कम्युनिष्ट जनमतलाई एमसीसीको माध्यमबाट भत्काउन खोजिएको आरोपसमेत लगाएका छन् । ‘एक जना नेता मूर्ख हुँदा राष्ट्र नै बर्बाद हुन्छ भन्ने उदाहरण ओलीले दिएको,’ भन्दै आमनेता-कार्यकर्तालाई, ‘थुप्रै खतरा र चुनौती सामुन्ने रहेकाले सचेत र इमान्दारिताका साथ अगाडि बढ्न,’ सुझाए ।

टिप्पणीहरू