युक्रेनमा रहेका नेपाली ज्यान जोगाउन छिमेकमा छिरे

युक्रेनमा रहेका नेपाली ज्यान जोगाउन छिमेकमा छिरे

युद्धग्रस्त युक्रेनमा रहेका सबै नेपाली नागरिक सकुशल रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । सम्पर्कमा आएका २२५ जना नेपालीहरु सुरक्षित रहेको दूतावासले जनाएको हो ।

केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सीमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानिया गइसकेको दूतावासले जानकारी दिएको छ । १५ जना नेपाली पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र १ जना रोमानियामा प्रवेश गरेको दूतावासले बताएको छ ।दूतावासका अनुसार अन्य २३ जना स्लोभाकिया र २ जना रोमानियाका लागि बाटोमा रहेका छन् । एक सय जनाभन्दा बढी पोल्याण्ड जानका लागि प्रक्रियामा रहेको पनि दूतावासले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ–आफ्ना देशका सीमाना खुल्ला गरिदिएका छन् । नेपालीहरुलाई पनि आवश्यक कागजपत्र लिएर त्यसतर्फ जान वर्लिनस्थित दूतावासले आग्रह गरेको छ ।

टिप्पणीहरू