व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय
सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता संसदबाट पारित गर्ने निर्णय गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो । एमसीसी इन्डो-प्यासिफिक रणनीतिको अंग नभएको,नेपालको संविधानभन्दा माथि नरहने र विशुध्द आर्थिक सहयोग मात्र हुने व्याख्यासहित सम्झौता पारित गर्ने निर्णय भएको बैठकमा सहभागी काँग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
पौडेलले आज बस्ने प्रतिनिधिसभाको दोस्रो चरणको बैठकबाट एमसीसी पारित हुने पनि बताउनुभयो । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा,कांग्रेस महामन्त्री गगन थापा,नेतात्रय रामचन्द्र पौडेल,कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
टिप्पणीहरू