पर्सि काठमाडौंका यी ठाउँमा माछामासु खान नपाइने

पर्सि काठमाडौंका यी ठाउँमा माछामासु खान नपाइने

महाशिवरात्रीका दिन पशुपतिका चार किल्लामा मासु, मदिरा र नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । पर्सि मंगलबार शिवरात्रीलाई लक्षित गर्दै धार्मिक, सांस्कृतिक मर्यादा एवं पवित्रता कायम राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त निषेध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला र तिलगंगा चक्रपथदेखि उत्तर तथा मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै बाग्मतीदेखि दक्षिण उक्त चार किल्लामा ती क्रियाकलाप गर्न निषेध गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ को (क) र (ख) अनुसार मेलापर्व अवधि र अन्य समयमा समेत लागु हुनेगरी ती पदार्थ सेवनमा पूर्ण रुपमा रोक लगाइएको प्रशासनले बताएको छ । सूचनाको बर्खिलाप गरेर त्यस्तो कार्य गरेमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू