किन जानुभयो प्रधानसेनापति सबेरै छाउनी ?
प्रधानसेनापति प्रभुराम शर्मा केही बेरअघि छाउनी पुग्नुभएको छ । उहाँ त्यहाँस्थित सैनिक संग्रहालयमा आयोजित कार्यक्रममा सहभागी हुन जानुभएको सैन्य स्रोतले बताएको छ ।
आज सैनिक संग्रहालयमा महाशिवरात्री तथा सेना दिवसको अवसरमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ । प्रधान सेनापति शर्मा उक्त कार्यक्रममा सहभागी हुन त्यहाँ जानुभएको हो ।
सेनाले भोलि टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
टिप्पणीहरू