शंकास्पद वस्तु राख्ने २ जना समातिए
काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुल बजारको राजमार्गमा आज बिहान शंकास्पद वस्तु राखेको आरोपमा दुई जना समातिएका छन् ।
समातिनेमा महाभारत गाउँपालिका–६ स्थित लामाटोल बस्ने युगान्त थिङ र अर्का विवेक थिङ हुन् ।
बिहान राजमार्गमा शंकास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभि फुटेजको सहायताले उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलका बम डिस्पोजल टोलीले निस्क्रिय पारिसकेको छ । अवरुद्ध यातायात अहिले सुचारु भएको छ ।
टिप्पणीहरू