रुस र युक्रेनबीच वार्ता सुरु

रुस र युक्रेनबीच वार्ता सुरु

युद्धरत रुस र युक्रेनबीच वार्ता सुरु भएको छ । दुई मुलुकबीच छिमेकी बेलारुसमा केही मिनेटअघि वार्ता सुरु भएको हो ।

अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनका अनुसार दुई मुलुकका प्रतिनिधिमण्डलबीच स्थानीय समयअनुसार दिउँसो १ बजेबाट भेटवार्ता थालिएको छ । वार्तामा युक्रेनको उच्चस्तरीय प्रतिनिधिमण्डलले तत्काल युद्धविराम गर्न र रुसी सेनाको फिर्ती माग राखेको छ ।

वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थिति नरहेको प्राप्त समाचारमा उल्लेख छ ।

टिप्पणीहरू