रुसी राष्ट्रपति पुटिनको ब्ल्याक बेल्ट खोसियो

रुसी राष्ट्रपति पुटिनको ब्ल्याक बेल्ट खोसियो

युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ । विश्व तेक्वान्दो महासंघले मंगलबार एक ट्वीट गर्दै पुटिनको मानार्थ ब्ल्याक बेल्ट खोसिएको जनाएको हो ।

‘विश्व तेक्वान्दाेले युक्रेनमा निर्दोष जीवनमाथि भएको नरसंहारकारी हमलाको कडा निन्दा गर्दछ,जुन विजयभन्दा शान्ति धेरै मूल्यवान छ भन्ने विश्व तेक्वान्दोकाे मान्यता विरुध्द छ,’ महासंघले ट्वीटरमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ ।

युक्रेन हमला विश्व तेक्वान्दोको मूल्य र सहिष्णुताविरुध्दमा रहेको पनि महासंघले जनाएको छ । ‘यस सन्दर्भमा विश्व तेक्वान्दोले राष्ट्रपति भ्लादमिर पुटिनलाई सन् २०१३ को नोभेम्बरमा प्रदान गरेको मानार्थ नवौं डान ब्ल्याक बेल्ट पदवी फिर्ता लिने घोषणा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

रुस र बेलारुसमा तेक्वान्दो आयोजना नगर्ने र त्यहाँ हुने खेललाई मान्यता नदिने पनि महासंघले जनाएको छ । उसको घोषणालााई सामाजिक सञ्जालका प्रयोगकर्ता र तेक्वान्दोप्रेमीले स्वागत गरेका छन् ।

टिप्पणीहरू