भक्तपुरमा ‘नो एमसीसी बम’ डिस्पोज

भक्तपुरमा ‘नो एमसीसी बम’ डिस्पोज

भक्तपुरको कौशलटारमा राखिएको नक्कली बम नेपाली सेनाले डिस्पोज गरेको छ । आज कौशलटारको कमलधारास्थित मिलिजुली हार्डवयेरको दक्षिणपट्टीको सटर अगाडिको पेटीमा राखिएको शंकाश्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

प्रहरीका अनुसार सटर अगाडिको पेटीमा स्टिलको भाडालाई कालो टेपले कभर गरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो । बम राखेको आशंकामा उक्त भाडोलाई सेनाले डिस्पोज गर्दा विजुलीको तार, ईट्टाको धुलो र नो एमसीसी लेखिएको कार्ड भेटिएको थियो ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेको विरोधमा विभिन्न राजनीतिक दलले विरोध गर्दै आएका छन् । हिजो पनि काठमाडौँ लगायत विभिन्न जिल्लामा शंकास्पद वस्तु फेला परेका थियो ।

टिप्पणीहरू