हाम्रा विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको छैन : भारत

हाम्रा विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको छैन : भारत

भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको भन्ने रुसी विवरणलाई दिल्लीले अस्वीकार गरेको छ ।

भारतीय विद्यार्थीहरुलाई युक्रेनी सशस्त्र फौजले ‘मानव ढाल’ बनाएको र उनीहरुलाई रुसी भूमितर्फ जानबाट रोक्न सबै उपाय गरिएको रुसी दावी थियो ।

तर,भारतीय विदेश मन्त्रालयले युक्रेनमा ‘कुनै पनि विद्यार्थीलाई बन्धक बनाइएको रिपोर्ट प्राप्त नभएको’ जनाएको छ ।

आफ्ना विद्यार्थीलाई युक्रेनको दोस्रो ठूलो सहर खारकिभबाट बाहिर जान सहयोगको लागि विशेष रेलको व्यवस्था गर्न भारतले युक्रेनी अधिकारीहरुसँग सहयोग मागेको विज्ञप्तिमा जनाइएको छ ।

हजारौं भारतीय विद्यार्थी अझै पनि खारकिभमा अलपत्र परेको समाचारमा उल्लेख छ ।

टिप्पणीहरू