रुसी विमान कम्पनी एरोफ्लोतका सबै अन्तर्राष्ट्रिय उडान स्थगित
रूसको ध्वजावाहक र सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी एरोफ्लोतले बेलारुसबाहेक सबै अन्तर्राष्ट्रिय उडान स्थगनको घोषणा गरेको छ । ती उडान अन्तर्राष्ट्रिय नारी दिवसको दिन आगामी मंगलबार मार्च ८ देखि रोकिन लागेका हुन् ।
रूसी समाचार एजेन्सी आरआइए नोभोस्तीका अनुसार तर,मस्को र बेलारुसको राजधानी मिन्स्कबीच भने उडान सुचारु हुने छ । कम जोखिम उठाउँदै एरोफ्लोतले रिटर्न टिकट भएकालाई भोलिदेखि नै अन्तर्राष्ट्रिय उडानमा अनुमति नदिने बताएको छ ।
पश्चिमा राष्ट्रहरुले रूसी विमान सेवाका उडानमा हवाई प्रतिबन्ध लगाएपछि रुसी विमान कम्पनीले उक्त निर्णय गरेको अनुमान गरिएको छ । यसैबीच रुसका रोसिया र औरोरा विमान कम्पनीहरुले पनि अन्तर्राष्ट्रिय उडानहरु स्थगन गर्ने सम्भावना रहेको अन्य समाचार एजेन्सीहरुले बताएका छन् ।
टिप्पणीहरू