शिक्षकलाई कालो मोसो दल्ने समातिए
खोटाङमा शिक्षकलाई काले मोसो दलेर जुत्ताको माला लगाउने एक जना समातिएका छन् ।
खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई मोसो दलेर जुत्ताको माला लगाउने कार्यमा संलग्न मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका पावेल राई पक्राउ परेका हुन् ।
लामो समयदेखि नियमित रुपमा विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तिकारीले हिजो शिक्षक राईलाई सार्वजनिकस्थलमा मोसो दलेर जुत्ताको माला लगाइदिएको थियो ।
शिक्षकलाई दुर्व्यवहार गरेको केही समयपछि इलाका प्रहरी कार्यालय खोटाङ बजारले राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश लम्सालले जानकारी दिएका छन् ।
टिप्पणीहरू