भारत जानेसङ्ग नक्कली नोट भेटियो

भारत जानेसङ्ग नक्कली नोट भेटियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भारतीय रुपैयाँसहित दुई जना समातिएका छन् । हिजो भिस्टारा एयरलाइन्सको उडानमा काठमाडौंबाट भारत जान लागेका उनीहरुलाई दुई लाख ९४ हजार पाँच सय नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २८७६४६६एवि राहदावी वाहक ३२ वर्षीया वानविसा जनतासान र २८७९४३०एविका राहदानी भएका ४१ वर्षीया वारार्पोण खुनसोमबात रहेका छन् । प्रहरीका अनुसार उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित २ हजार दरको ४ थान र ५ सय दरको ५ सय ७३ थान भारतीय रुपैयाँ बरामद गरिएको हो ।

काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूलाई एक्सरे मेसिनमार्फत जाँच गर्दा उक्त प्रतिबन्धित भारतीय रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू