घाँस काट्न गएकी वृद्धाको साँझमा हत्या
झापाको मेचीनगरमा वृद्धा हत्याको आरोपमा प्रहरीले एक जना युवकलाई समातेको छ । प्रहरीले मेचीनगर–५ का २७ वर्षीय रणबहादुर बस्नेतलाई पक्राउ गरेको हो । उनीविरुद्ध झापाको मेचीनगर नगरपालिका–५ पिपलडाँडा चोककी ६८ वर्षीया अम्बिका कुँवरको हत्या आरोप लगाइएको छ ।
फागुन २५ गते बेलुकी घाँस काट्न गएकी कुँवर साँझसम्म घर नफर्केपछि श्रीमान जगत कुँवरले खोजतलास गर्दा घरदेखि दुई सय मिटर टाढा बाँझो खेतमा मृत अवस्थामा फेला पारेका थिए ।
हालसम्मको अनुसन्धानबाट बस्नेतले कुँवरको हत्या गर्नुपर्ने कारण स्पष्ट भएको छैन । लाश पोष्टमार्टमको लागि स्वास्थ्य विधिविज्ञान प्रगोगशाला धरान पठाइएको छ । बस्नेतविरुद्ध झापा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
टिप्पणीहरू