फरार प्रतिवादी महिला समातिइन्

फरार प्रतिवादी महिला समातिइन्

गत मंसिर २१ गतेको फैसलापछि फरार रहेकी गोरखाकी एक जना महिलालाई आज प्रहरीले राजधानीको सीतापाइलाबाट पक्रेको छ ।

उच्च अदालत पाटनको फैसलाले नौ लाख नब्बे हजार रुपैयाँ जरिवाना तोकेपछि फरार रहेकी गोरखाको साविक सौरपानी गा.वि.स. ३ र हालको बारपाक सुलिकोट गाउँपालिका ४ घर भएकी ३६ वर्षकी शान्ता कोइराला दवाडी पक्राउ परेकी हुन् ।

उनी सीतापाइला नजिकैको रामकोटमा बस्दै आएको थाहा पाएपछि प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले पक्रेर आदेश कार्यान्वयनको निम्ति काठमाडौं जिल्ला अदालतमा आजै उपस्थित गराएको छ ।

टिप्पणीहरू