रक्सीले मातेर ककनीका भीमले आमाको टाउकोमा घन हाने
नुवाकोटको ककनीमा छोराले आफ्नै आमाको टाउकोमा घनले हानेर हत्या गरेका छन् । ककनी गाउँपालिका-१ नयाँबस्तीका ३३ वर्षीय भीमबहादुर बलामीले रक्सीको नशामा आमा ६५ वर्षीया कान्छी बलामीको हत्या गरेका हुन् ।
हत्या आरोपमा प्रहरीले गएराति उनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलामीले आमाको हत्या गरी लाश घरभित्र पत्करले छोपेर राखेका थिए ।
एक पुरुषले बृध्दाको हत्या गरी लाश घरभित्रै राखेको भन्ने स्थानीयहरुले सूचना दिएपछि घटनास्थल पुगेको ओखरपौवा र ककनीको प्रहरीले बलामीलाई पक्राउ गरेको हो । आरोपितमाथि थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू