सामुदायिक वनमा बन्दुक सुकाइयो
प्रहरीले सुनसरीमा भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका ५, सिमरवनबाट तीन थान भरुवा बन्दुकसहित हिजो प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका ५, सिमरवन बस्ने ३६ वर्षीय पवनलाल माझी र देवीथान बस्ने २७ वर्षीय मोहन श्रेष्ठ हुन् ।
प्रहरीका अनुसार सिमरवनको जनजागृति सामुदायिक वनको पोखरी नजिकै उनीहरुले भरुवा बन्दुक लोड गरी घाममा सुकाइ रहेका थिए । सोही क्रममा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्रेर थप अनुसन्धान थालेको हो ।
टिप्पणीहरू