इटालीमा व्यापार गर्ने नेपाली व्यापारीहरुले नेता छाने

इटालीमा व्यापार गर्ने नेपाली व्यापारीहरुले नेता छाने

नेपाल–इटाली उद्योग वाणिज्य संघले सातौं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व छानेको छ । २५ सदस्यीय कार्य समितिमा नवराज ढकाल अध्यक्षमा चुनिएका हुन् ।

नयाँ नेतृत्वले दुई मुलुकबीच भइरहेको व्यापार व्यसायलाई अझ व्यवस्थित र विस्तार गरी पर्यटन, सूचना प्रविधि तथा अन्य मेशिनरी वस्तुहरुमा थप लगानी बढाइने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

संघका अन्य पदाधिकारीहरुमा विशिष्ट सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षद्वयमा ध्रुवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल छन् । त्यसैगरी महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवन कुमार अग्रवाल छन् ।

सचिवमा तीर्थबहादुर रोका र मनोज श्रेष्ठ भधेल छन् भने सदस्यहरुमा अरनिको राजभण्डारी, अरुण केसी, वासुमाया तामाङ, भुवनेश्वर फैजु, विना प्याकुरेल श्रेष्ठ, वीरेन्द्र साही, किसन सुनार, निरज श्रेष्ठ, राजेन्द्र बराल, रोम घिमिरे, सञ्जय अग्रवाल, शम्भुकुमार लामा, साम्बा लामा, सुमितकुमार बन्सल, सुशिल जैन, विनोद साक्तानी र युगेशवादे श्रेष्ठ छन् ।

टिप्पणीहरू