देशका सामु अकल्पनीय दुःख
नेपाली सेनामा इञ्जिनियरिङतर्फका एकतारे जर्नेल दिपक बानियाँ नयाँ भाँडामा पुरानो मदिरा हुन् । निजले शान्ति सेना मिसनमा गुल्म कमाण्ड गर्दै हाइटी जाँदा गरेको गल्ती छर्लंगै छ ।
फलफूल, तरकारी, रासन, पेरिमिटरका सामान, डोजर, एक्साभेटर, फिल्डमा रोड र डिफेन्स बनाउन खपत हुने पेट्रोल, इन्धन, जेनेरेटरलगायतबाट नाफा निकाली एक वर्ष बस्नुपर्नेमा ६ महिनामै कारवाही भई युएन फोर्स कमाण्डरले फिर्ता गरेका यी जर्साबले त्यसबेलाका सेनापतिलाई कोशेली चढाएर उन्मुक्ति पाएका थिए ।
दण्ड पाउनुपर्ने यिनलाई उल्टै स्टाफ कलेजमा पास गराइयो । केही अफिसरविरुद्ध कुरा लगाई असिनाले फूल झारे । यही फागुन महिनामा स्टाफ कलेजबाट उक्लनुपर्नेको करियर बिगारी गोप्य प्रश्न लिक गरे ।
यस्ता जर्नेलको अझ प्रमोशन भयो भने देश र नेपाली सेनाका माथिल्लो अधिकृतको हालत कस्तो होला ? सेनाका अधिकृतको शैक्षिक स्तर र गुणस्तर राम्रो भए न तल पनि राम्रो हुने हो । त्यसो त फुली थप्ने लाइनका होमनाथ दवाडी पनि जग्गा कारोबारमा बद्नाम छन् । नेविसंघका त क्षेत्रीय सभापति नै थिए ।
– पीडित अधिकृतहरु
टिप्पणीहरू