प्राणीलाई निद्रा किन आवश्यक पर्छ ?
निद्रा एक आवश्यक कार्य हो जसले प्राणीको शरीर र दिमागलाई रिचार्ज गर्न मद्दत पुर्याउँछ । त्यसैले निद्राबाट व्युँझिएपछि हामीहरु फूतिलो ठान्छौं ।
स्वस्थ निद्राले शरीरलाई स्वस्थ राख्न र विभिन्न किसिमका रोगहरूबाट बच्न मद्दत गर्छ । पर्याप्त निद्रा नहुँदा मस्तिष्कले राम्ररी काम गर्न सक्दैन ।
यसले ध्यान केन्द्रित गर्न,स्पष्ट रूपमा सोच्न र पुराना सम्झनाहरूबारे जानकारी लिन सहयोग पुर्याउँछ । अन्यथा, मानिसको क्षमतालाई कमजोर बनाउन पनि सक्छ ।
निद्रा पछाडि विज्ञानको आफ्नै व्याख्या छ । आन्तरिक ‘शरीर घडी’ को चार भागले हाम्रो निद्राको चक्रलाई नियन्त्रण गर्दछ । यसले थकित महसुस गर्दा,ओछ्यानमा जान तयार हुँदा,स्फूर्ति र सतर्कतालाई नियन्त्रण गर्दछ ।
यो घडी २४ घण्टाको चक्रमा चल्छ जसलाई सर्काडियन रिदम भनिन्छ । निद्राबाट उठेपछि हामी क्रमशः थकित महसुस गर्छौं । यस्तो महसुस रातिको सुत्ने समयसम्म अधिक हुने गर्दछ ।
यस्तो स्लीप ड्राइभल गर्दा हुन्छ, जसलाई स्लीप–वेक होमियोस्टेसिस पनि भनिन्छ । यो मस्तिष्कमा उत्पादन हुने जैविक यौगिक एडेनोसिनसँग सम्बन्धित हुन्छ ।
एडेनोसिनको स्तर दिउँसोको समयमा क्रमशः बढ्दै जान्छ । जब हामी धेरै थकित हुन्छौं त्यसपछि शरीरले निद्राको समयमा उक्त कम्पाउन्डलाई तोडिदिन्छ ।
टिप्पणीहरू