श्रम स्वीकृति रध्द गर्ने अधिकार कार्यालय प्रमुखलाई
श्रम स्वीकृति रध्द गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ । वैदेशिक रोजगार विभागको १२ फागुनको निर्णयले श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालय प्रमुखलाई अधिकार प्रदान गरेको हो ।
श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालयमा नै सम्पर्क गर्न विभागले सबैमा अनुरोध पनि गरेको छ । त्यसका लागि विभागमा आइरहनु नपर्ने विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।
बीमा रकम भुक्तानीसम्बन्धी सेवासमेत अब सम्बन्धित कार्यालय प्रमुखबाट हुने भएको छ । भुक्तानीका लागि विभागबाट सम्बन्धित कामदारले श्रम स्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधान पनि हटाइएको विभागले जनाएको छ ।
सम्बन्धित बीमा कम्पनीले विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीबाटै श्रम स्वीकृति लिएको/नलिएको रुजु गर्न सक्ने व्यवस्थासमेत मिलाइएको छ ।
टिप्पणीहरू