भारतीय मोटरसाइकलमा लागुऔषध इन्जेक्सन
सिरहामा भारतबाट लागुऔषध ओसार्न भारतीय मोटरसाइकलको प्रयोग गरिएको छ । लहानमा सशस्त्र प्रहरीको गस्ती टोलीले आठ सय १९ एम्पुल लागुऔषध फेला पारेको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपालतर्फ आएका दुई जना पुरुषको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारिएको हो ।
शसस्त्रको छिन्नमस्ता बाहिनीबाट खटिएको सात जनाको टोलीले नुधिन दुई सय ९९, प्रोमेथोजिङ हाइड्रोक्लोराइड इन्जेक्सन दुई सय ४० एम्पुल र डाएजापाम दुई सय ८० एम्पुल र उक्त मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान २३, बस्ने वर्ष ३० का अजय सहनी र वर्ष २७ का शंकर सहनी हुन् । थप दुई जना फरार भएको प्रहरीले जनाएको छ । फरार रहेकामा भारतीय नागरिक अर्जुनकुमार राम र लहान २३ का रञ्जित सहनी हुन् ।
टिप्पणीहरू