भारतीयले पाँच तोला सुनको सिक्री लुटे
राजधानीमा सुनको सिक्री लुट्ने भारतीय नागरिकलाई प्रहरीले समातेको छ । ठमेल ज्याठास्थित सडकमा उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुट्ने उनलाई प्रहरीले पक्रेको हो ।
पक्राउ पर्नेमा काठमाडौं, लाजिम्पाटमा बस्ने भारत सिक्किमका २६ वर्षीय गुन्जन तामाङ हुन् । उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
महनगरीय प्रहरीको दरबारमार्ग वृत्तबाट खटिएको टोलीले लुटपाटमा संलग्न तामाङलाई नारायणहिटी दरबार संग्रहालयको उत्तर गेटबाट पक्राउ गरेको हो ।
उनीलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थपेर थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू