नाइट क्लब छिर्नेलाई २०, क्यासिनो छिर्नेलाई ५०

नाइट क्लब छिर्नेलाई २०, क्यासिनो छिर्नेलाई ५०

काठमाडौं महानगरपालिकाले मनोरञ्जन करको क्षेत्र तोकेको छ । उसले चलचित्र,दोहोरी साँझ, नाइट क्लबदेखि क्यासिनो जानेसम्मलाई अलग करको दर कायम गरेको हो ।

काठमाडौं महानगरपालिका राजश्व विभागका अनुसार अबदेखि दोहोरी साँझ जानेले २० रुपैयाँ र क्यासिनो छिर्नेले ५० रुपैयाँ व्यक्तिगत कर बुझाउनुपर्ने छ । त्यसैगरी भिडियो घर, कन्सर्ट,दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने ग्राहकबाट पनि प्रतिव्यक्ति २० रुपैयाँ उठाउन निर्देशन दिइएको छ ।

यसैगरी,चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरुबाट प्रतिटिकट ५ प्रतिशत र सांस्कृतिक प्रदर्शन हल,नाटकघर, फन पार्क,वाटर गार्डेन, बाल उद्यान,फुटसल, जुम्बा,मसाज एन्ड स्पा, स्विमिङ पुल र पार्क प्रवेश गर्दा प्रतिटिकट ५ प्रतिशत रकम बुझाउन पर्ने भएको छ ।

बाग्मती प्रदेशको आर्थिक ऐन–२०७८ को अनुसूची ३ ले तोकेअनुसार उक्त दररेट कायम गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू