सीमा नाकामा भारुको मुठो भेटियो

सीमा नाकामा भारुको मुठो भेटियो

विराटनगरको रानी सीमा नाकाबाट अवैध भारतीय रुपैयाँसहित चार जना समातिएका छन् । स्रोत नखुलेको तीन लाख आठ हजार पाँच सय भारुसहित प्रहरीले दुई भारतीय नागरिक र दुई जना नेपालीलाई हिजो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सुनसरीको बर्जु गाउँपालिका–१ का ३८ वर्षीय सुरज ऋषिदेव र उनकी श्रीमती ३८ वर्षीया शिवकुमारी ऋषिदेव छन् । त्यस्तै, भारतको सहरसा मानगढ ग्राम पञ्चायत बस्ने २९ वर्षका विसुनदेव मुखिया र अर्का २७ वर्षे अविनाश मुखिया पनि समातिएका छन् ।

प्रहरी चौकी रानीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथमा स्रोत नखुलेको भारतीय रुपैँया फेला परेको हो ।

टिप्पणीहरू