एनएमबी बैंकमा खाता हुनेलाई अफरै अफर
एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई नयाँ वर्ष २०७९ सालको अवसरमा नयाँ अफरहरु सार्वजनिक गरेको छ । बैंकले सिजी डिजीटलका सामान खरिदकर्तालाई आजदेखि सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ । जसअनुसार २० हजारसम्म सिजी डिजीटलका सामान किन्दा एनएमबिको कुनै पनि कार्डबाट पिओएस वा अनलाईनमा भुक्तानी गरे दुई हजार क्यासब्याक पाइनेछ ।
त्यसैगरी आफ्ना ग्राहकहरुका लागि अनलाइन बजार दराजबाट सामान खरिद गर्दा १० प्रतिशत वा एक हजारसम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा १५ सय रुपैयाँसम्म छुट दिने अर्को आकर्षक अफर पनि ल्याएको छ । यो योजना पनि आजदेखि सीमित अवधिको लागि मात्र लागू हुने जानकारी गराइएको छ ।
आफ्ना ग्राहकलाई एनएमबीले ‘eNMB फोन पे स्क्यान टु पे’ अफर पनि ल्याएको छ । जसमा eNMB एपबाट स्क्यान गरी दैनिक उपभोग्य वस्तुको भुक्तानी गर्दा १० प्रतिशत वा एक सय रुपैयाँसम्मको क्यास ब्याक पाइनेछ । यसका साथै हेलिकप्टर चढेर सगरमाथासम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी गराइएको छ । यस्तो छुट प्रप्त गर्न eNMB एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नुपर्नेछ ।
बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ल्याएको नयाँ वर्षको अर्को अफरमा अनलाईन ’सस्तो डिल’बाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट पाइने छ ।
एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित बैंक हो । उक्त पत्रिकाद्वारा सन् २०१७, २०१८, २०२० र २०२१ लागि नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ पनि प्राप्त गरिसकेको बताइएको छ ।
टिप्पणीहरू