बुटवलमा पत्रकारमाथि प्रहरीद्वारा हातपात

बुटवलमा पत्रकारमाथि प्रहरीद्वारा हातपात

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, जानकीनगर निवासी अमृता खत्री टण्डनको रहस्यमय मृत्यु भएपछि महिलाहरूले गरेको आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि प्रहरीले आज बुटवलमा दुव्र्यवहार गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवल अगाडि भएको प्रदर्शनको फोटो खिच्ने क्रममा फोटो पत्रकारहरु दिनेश श्रेष्ठ, डिबी सुस्लिङ र रिपोर्टर शरण कर्माचार्यमाथि प्रहरीले हातपात गरेको हो ।

घटनाको विषयमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले भुलवशः फिल्डमा खटिएका प्रहरीले सञ्चारकर्मीमाथि हातपात गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

‘भीडमा रहनुभएका पत्रकारलाई हाम्रा साथीहरूले नचिनेर हातपात गर्न पुगेछन्, भुलवश यस्तो हुन गएकोमा म दुःख व्यक्त गर्दछु,’ उनले भने ।

समाचार संकलनका क्रममा कार्यस्थलमा खटिएका सञ्चारकर्मीहरूमाथि प्रहरीले गरेको दुव्र्यवहारको घटनाप्रति विभिन्न संघ संगठनले खेद व्यक्त गरेका छन् ।

उनीहरुले संविधानप्रदत्त प्रेस स्वतन्त्रताको अधिकारको सम्मान गरी निर्वाध र सुरक्षितरुपमा पत्रकारिताको अभ्यास गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

टिप्पणीहरू