मोबाइल हराएपछि प्रहरी र म्यादी प्रहरीबीच तनाव, ४ जना बेहोश

मोबाइल हराएपछि प्रहरी र म्यादी प्रहरीबीच तनाव, ४ जना बेहोश

दाङमा प्रहरी र म्यादी प्रहरीबीच तनाव सिर्जना भएको छ । एक जना म्यादी प्रहरीको मोबाइल हराएपछि उक्त अवस्था सिर्जना भएको हो । गढवा गाउँपालिकास्थित घुस्रामा रहेको जनता प्राथमिक विद्यालयमा तोकिएको तालिम केन्द्रबाट पहिले देखिनै सरसामान हराउँदै आएको र आज मोबाइल हराएपछि विवाद भएको हो ।

विवाद चरम विन्दुमा पुगेपछि त्यहाँ तालिम गरिरहेका म्यादी प्रहरीहरुले प्रहरीले आफुहरुमाथि दमन गरेको आरोप लगाएका छन् । दिउँसोको चर्को घाममा तालिम गराइएको उनीहरुले दुःखेसो पोखेका छन् । चर्को घाममा तालिम गराउँदा आज चार जना बेहोश भएको म्यादीले जानकारी दिए ।

सो बारे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले गर्मीका कारण उनीहरुको स्वास्थ्यमा समस्या आएको स्वीकारे । आज जनआस्थासँगको कुराकानीमा मोबाइल हराएको तर विवाद भने नभएको जानकारी दिए । रिजालले तालिमरत म्यादी प्रहरीहरुको ख्याल आफूहरुले पनि गरेको बताए ।

हिजो मात्रै एक महिलाको सोही तालिम केन्द्रमा दौडने क्रममा लडेर गोडा भाँचिएको थियो । आज बेहोश भएका चार जनालाई नजिकैको असपतालमा पठाइएको उनले बताए । दाङको घुस्रामा चार सय ५६ जना म्यादी प्रहरीले तालिम गरिरहेका छन् ।

टिप्पणीहरू