तीनकुनेमा आज १ घण्टा कालो तुल झुण्ड्याइयो
नेपाल पत्रकार महासंघले तीनकुनेस्थित कान्तिपुर टेलिभिजन कार्यालय परिसरमा धर्ना दिएको छ । पत्रकार दीपा दाहाललाई तत्काल पुनर्बहाली गर्नुपर्नेलगायत पाँच बुँदे माग राखेर महासंघले आज धर्ना दिएको हो ।
महासंघले न्यूनतम पारिश्रमिक तत्काल लागू गर्नुपर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुनुपर्ने, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी गर्नुपर्ने, सरकारसँग लिएको सहुलियतपूर्ण ऋण पत्रकारको हितमा खर्च गर्नुपर्ने र निस्कासित पत्रकारलाई पुनर्बहाली गर्नुपर्नेलगायतका माग राखेको छ ।
असोज १ गतेदेखि कान्तिपुर टेलिभिजनमा काम शुरू गरेकी दाहाल तीन महिनामै निस्कासनमा परेकी थिइन् । आज भएको एकघण्टे धर्ना कार्यक्रम भोलि पनि हुने बताइएको छ ।
टिप्पणीहरू