३३ वर्षअघि दुई जना महिलालाई कोठीमा बेच्ने पुरुष ५७ वर्षको उमेरमा

३३ वर्षअघि दुई जना महिलालाई कोठीमा बेच्ने पुरुष ५७ वर्षको उमेरमा

जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले समातेको छ । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाविस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा हुन् ।

उनले २०४६ भदौ १८ गते दुई जना महिलालाई भारतको मुम्बईको कोठीमा पुर्याएर बेचेका थिए ।

सोही घटनामा जिल्ला प्रहरी कार्यालय पर्साबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजन पश्चात् पर्सा जिल्ला अदालतले २०६१ चैत १४ गते उनलाई १० वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि उनी फरार भएका हुन् ।

थापालाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उदयपुर कटारी नगरपालिका–३ मा लुकीछिपी बसिरहेको अवस्थामा थापालाई पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको निम्ति पर्सा जिल्ला अदालतमा बुझाउने काम भइरहेको छ ।

टिप्पणीहरू