ट्वीटर किन्न ४४ अर्ब डलर

ट्वीटर किन्न ४४ अर्ब डलर

विश्वका सबैभन्दा धनी एलेन मस्क सामाजिक सञ्जाल ट्वीटर ४४ अर्ब डलरमा किन्न सहमत भएका छन् ।

रोयटर्सका अनुसार ट्वीटरको सञ्चालक समितिले मस्कको प्रस्तावलाई अनुमोदन गरेपछि ट्वीटर बिक्रीको बाटो खुलेको हो । मस्कले सामाजिक सञ्जालहरुमध्ये ट्वीटरमा निकै धेरै सम्भावना रहेको र उक्त सम्भावनालाई व्यवहारमा उतार्ने बताएका छन् ।

मस्क यतिखेर विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको सम्पत्ति २ खर्ब ७३ अर्ब ६० करोड डलर रहेको छ । उनी टेस्ला कम्पनीका मुख्य मालिक र स्पेस एक्सको प्रमुख हुन् ।

टिप्पणीहरू