रेडक्रसको कार्यालय फुटाएर कम्युटर झिकियो

रेडक्रसको कार्यालय फुटाएर कम्युटर झिकियो

नेपाल रेडक्रस सोसाइटी दाङमा चोरी भएको छ । तुल्सिपुर शाखाबाट गएराती कम्प्युटर चोरी भएको हो ।

प्रहरीका अनुसार कार्यालयको ढोका फुटाएर एक थान कम्युटर मात्र निकालिएको छ । लकर र दराजहरु फुटाएको भएपनि अन्य सामाग्री भने केही नगरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायव उपरिक्षक श्याम अर्यालले जानकारी दिए ।

उनले बताएअनुसार चोरले रेडक्रस कार्यालयभित्र भएको टेलिभिजनमा केही गरेको छैन । अहिले घटनाबारे अनुसन्धान हुँदैछ ।

टिप्पणीहरू