दोहाको नेपाली राजदूतावास ४ दिन बन्द हुने

दोहाको नेपाली राजदूतावास ४ दिन बन्द हुने

कतारको राजधानी दोहास्थित नेपाली राजदूतावास आगामी साता लगातार चार दिन बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस र मुसलमानहरुको पर्व ईद उल फित्रको अवसरमा दूतावासको ढोका तीन दिनसम्म बन्द हुन लागेको हो ।

तर त्यसभन्दा अगाडि शनिबार परेकाले त्यो दिन पनि दूतावास बन्द रहनेछ । यसरी आगामी शनिबारदेखि मंगलबारसम्म त्यहाँको दूतावास बन्द हुने भएकाले कसैलाई जरुरी परेमा दूतावासले उपलब्ध गराएको मोबाइल नम्बर उल्लेख गरिएको ह्वाट्सएपमा म्यासेज गर्न भनिएको छ ।

टिप्पणीहरू