खोला किनारमा दुई बालिका बलात्कृत
रुपन्देहीमा ११ वर्षीया र ७ वर्षीया दुई जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
बुटवल उपमहानगरपालिका–३ बस्ने रोल्पा लौंगी गाउँपालिका–४ का २० वर्षीय भुपेन्द्र पोखरेललाई प्रहरीले हिजो पक्राउ गरेको हो ।
पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका–३, तिनाउ खोलाको बगरमा करणी गरेका हुन् । उनले गत चैत २१ गते ललाईफकाई बालिकाहरुलाई जबरजस्ती करणी गरेका थिए ।
करणीपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
टिप्पणीहरू