मोदीको ३ दिने युरोप भ्रमण, दोस्रो दिन डेनमार्ककी रानीको स्वागतमा

मोदीको ३ दिने युरोप भ्रमण, दोस्रो दिन डेनमार्ककी रानीको स्वागतमा

युरोपेली देशको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डेनमार्क पुगेका छन् । उनले भ्रमणको क्रममा त्यहाँकी रानी मार्गरेट द्वितियासँग शिष्टाचार भेट गरेका हुन् ।

राजधानी कोपनहेगनस्थित राजदरबारमा रानी र प्रधानमन्त्री मोदीबीच बातचित भएको हो । रानीले प्रधानमन्त्री मोदीको सम्मानमा हिजो साँझ रात्रीभोजको आयोजना गरेकी थिइन् ।

मोदीले त्यहाँका प्रधानमन्त्रीसँगको भेटवार्तामा दुई देशको सम्बन्ध र सहकार्यलाई बढाउँदै लैजाने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसअघि जर्मनी पुगेका मोदी आज फ्रान्स पुगेका छन् ।

टिप्पणीहरू