बालेन साहको नाममा सिस्नुको झोला बिज्ञापन
अहिले नेपालमा बालेन साहको नाम मज्जैले लोकप्रिय बनेको छ । बच्चादेखि बूढा पाकासम्मलाई जानकारी भइसकेको छ कि बालेन को हुन् भनेर । चुनावमा उम्मेदवारी घोषणा गरेदेखि सामाजिक सन्जालभरि छाएका यी युवाप्रति लक्षित पोस्ट, स्ट्याटसको बाढी अहिले पनि उत्तिकै देखिन्छ।
काठमाडौँको मेयरमा स्वतन्त्र उठेका बालेन मतगणना गर्न थालेको पहिलो दिनदेखि अग्रस्थानमा रहँदै अहिले सुनिश्चित जीततर्फ अगाडि बढिरहेका छन् र यसैक्रममा,उनको क्रेजलाई क्यास गर्दै केहि ब्यापारी,संघसंस्था आफ्नो बिज्ञापन गर्न लागि परेका छन्।
“बालेन दाइले उपहारमा लानु भएको चिया” भनेर “कपुरी चिया” ले गरेको बिज्ञापन पोस्ट हामी बालेन साहकै पेजमा भेट्न सक्छौं भने “thik chaa” भन्ने पेजले बालेन साह प्रिन्ट गरिएको सिस्नुको झोला निशुल्क उपहार दिने योजनाको बिज्ञापन फेसबुकमा राखेको छ।
त्यस्तै,जलजला शिशु सदन सेकेण्डरी स्कूलले उनले हाम्रोमा प्राथमिक तह पढेको जनाउँदै बालेनले एउटा अन्तर्वार्ताको क्रममा बोलेको सानो क्लिप आफ्नो पेजमा राखेको छ।
टिप्पणीहरू