भाउजुलाई खरानी पार्ने परमेश्वर छिपेनन्
आफ्नै भाउजुलाई पेट्रोल छर्केर आगो लगाएर भागेका सप्तरीका परमेश्वर साह चार महिनापछि समातिएका छन् ।
सप्तरीको बोदे बर्साईन नगरपालिका– १ धनगढीका २५ वर्षीय साहले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खानापकाई रहेको अवस्थामा जिउभरि पेट्रोल छर्की आगो लगाएका थिए ।
उपचारको क्रममा भाउजु राजकुमारीको मृत्युु भएपछि राजन घर छोडेर भागेका थिए ।
उनलाई हिजो पक्राउ गरी थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सप्तरीका वरिष्ठ प्रहरी नायव निरीक्षक सुरेश पालले जानकारी दिए ।
टिप्पणीहरू