राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

मौसम पूर्वानुमानबारे जानकार रहन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम पूर्वानुमानसम्बन्धी जल तथा मौसम विज्ञान विभागको बुलेटिनबारे जानकार रहन जनसाधारणलाई आग्रह गरेको छ ।  यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएकोले प्राधिकरणले बाढी तथा मौसमको पूर्वानुमानसम्बन्धी पूर्वसूचना तथा पूर्वचेतावनी सूचनाबारे जानकार रही सतर्कता अपनाउन सचेत गराएको हो । मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सबै जिम्मेवार निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य र…