सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रेलिया उडान भर्ने
चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलिया उडान भर्ने तयारी गरेको छ ।
आगामी अक्टोबरदेखि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दु र त्यहाँबाट अष्ट्रेलिया उडान गर्नेगरी सो एअरलाइन्सले आन्तरिक तयारी गरिरहेको विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिए । पोखरा–छेन्दु–अष्ट्रेलिया उडानले नेपाली यात्रुलाई सहज हुने विश्वास लिइएको छ ।
पोखरा एयरपोर्टबाटै अष्ट्रेलिया जान पाउनु खुशीको कुरा भएको निरौला बत…