मेलम्ची र बाह्रबिसेमा ईलाका प्रशासन कार्यालयबारे सिंहदरबारमा छलफल
सिन्धुपाल्चोकको मेलम्ची र बाह्रबिसेमा इलाका प्रशासन कार्यालय राख्नुपर्ने मागसहित एमाले टोली सिंहदरबार पुगेको छ । पूर्वमन्त्री तथा एमाले नेता शेरबहादुर तामाङको नेतृत्वमा गएको टोलीले गृहमन्त्री रमेश लेखकसँग त्यसबारे छलफल गरेका हुन् ।
तामाङ नेतृत्वको टोली दिउँसो पौने ४ बजे पुगेर मन्त्रालयमा छलफल गरेको बताइन्छ । टोलीमा झण्डै चार दर्जन स्थानीय एमाले नेता तथा कार्यकर्ता रहेको बताइन्छ ।