थातथलो छाड्ने हायू परिवार, दोष धामीमाथि
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकाएक सम्पर्कविहीन भएपछि पोखरामा भेटिएका उर्मिला हायूका परिवारले धामीलाई दोष लगाएका छन् । घर, गाइवस्तुको बिजोग बनाउँदै बेपत्ता भएका उनीहरु धामीले थातथलो छाड्दा राम्रो हुने बताएकाले आफूहरु पोखरा आएको बताउँछन् ।
परिवारका सदस्यहरु बेलाबेलामा बिरामी भइरहने समस्या समाधानको लागि धामीले त्यहाँ नबस्न भनेको उनीहरुको भनाइ छ । तर, एकाएक गाउँलेलाई खबर नगरी, गाइबस्तुको बिजोग बनाउँदै थातथलो छाडेकोबारे उनीहरुले केही जना…